Logo

मोरङको रङ्गेलीमा स्कुलको बसले किचेर विद्यार्थीको मृत्यु 

                     
Logo १४ असार २०७९, मंगलवार १९:०८    

१४ असार, विराटनगर ।

मोरङको रङ्गेलीमा आज दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ भने एक बालिका गम्भिर घाइते भएकी छन् ।

रङ्गेली –७ स्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले आज दिउँसो करिब साढे तीन बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई किचेको थियो ।

स्कुल छुट्टी भएपछि विद्यार्थीहरू बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित भएर किच्दा रंगेली –७ का महादेव मण्डलका छोरा ५ वर्षीय रिपिक मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा रङ्गेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनम कुमारी मण्डल गम्भिर घाइते भएकी छिन् । उनको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुल विरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

आक्रोशित स्थानीयले स्कुलको दुईवटा गाडीमा तोडफोड समेत गरेका छन् । अहिले रंगेली बजारको स्थिति तनावग्रस्त छ । यतिबेला बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?