Logo

राजनीतिक दल एक भइ काम नगरे सप्तरी सबै भन्दा पछाडि पर्ने : मधेश सांसद गीता यादव

                     
Logo १३ असार २०७९, सोमबार २०:२१    

अम्बिका दहाल

१३ असार ,राजविराज ।

मधेश प्रदेश सभाकी सांसद गीता यादवले विकासशील कार्यमा सबै राजनीतिक दल एक भइ काम नगरे सप्तरी सबै भन्दा पछाडि पर्ने बताए कि छन ।

जिल्ला समन्वय समिति सप्तरीको पदभार ग्रहण कार्यक्रमलाई  सम्बोधन गर्दै सांसद  यादवले यस्तो बताएकी हुन । सांसद  यादवले महिलामा  हिंसा, बलात्कार जस्ता घटनामा प्रहरी सम्म आए पनि राजनैतिक दलको दवाव र आडमा छुटाउने गरेको आरोप लगाइन । यस्ता जघन्य अपराधको पक्षमा नलागी अपराधीलाई न्यायोचित कार्यवाही गर्नमा सबै एक हनु आग्रह गरिन ।

नवनिर्वाचित जिसस प्रमुख शिवनारायण साहले सप्तरी जिल्लाको समग्र विकासमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै

सप्तरीको १८ पालिकाकै प्रमुख भएको नाताले कसैसँग पूर्वग्रह नराखी समन्वयकारी भूमिकामा रहने जनाए ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला समन्वय  समितिको क्षेत्र अधिकारलाई फराकिलो बनाउनुपर्नेमा जोड दिँदै जिल्लाको समग्र विकास, समृद्धि र सुशासनका लागि समन्वय  समितिको आवश्यकता औंलाए ।

जिल्ला समन्वय समिति सप्तरीका निः वर्तमान संयोजक मनोज यादवले जिल्लमा समन्वय समितिको ठुलो भूमिका रहँदै आएकोले १८ वटै पालिकाका जनताका समस्यालाई गम्भीर रूपले हेर्नुपर्ने हुन्छ पहिले पनि हेरेको र अब पनि हेर्ने छ भन्ने विश्वास व्यक्त गरेका छ्न ।

कार्यक्रममा जिल्ला समन्वय  समिति सप्तरीका पूर्व प्रमुख प्रभाकर यादव, कञ्चनरूप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, नवनिर्वाचित उपप्रमुख शम्भु कुमार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष सतिश कुमार सिंह, नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव, जिल्ला सभापति रामदेव साह, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय सदस्य अबधेश झा, जनमत पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद यादव लगायतकाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरे ।

आइतबार सम्पन्न जिससको निर्वाचनमा निर्वाचित भएका जिसस प्रमुख शिवनारायण साहलाई प्रमुख निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जिससको प्रमुखमा सपथ ग्रहण गराएका थिए । उपप्रमुख शम्भु कुमार यादव र महिला सदस्य रञ्जिता कुमारी चौधरी (थरुनी), प्राणवती देवी सरदार, सविता कुमारी साह, सदस्यहरूमा जागेश्वर यादव, बृधिलाल यादव, सत्य नारायण मण्डल, दलित वा अल्पसंख्यक सदस्य बौहुरीलाई जिससका प्रमुख साहले उपाध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गरेका थिए ।

सप्तरी जिल्ला समन्वय समितिको ९ पदका लागि २० जनाको उम्मेदवारी परेको थियो । कूल ३६ मत रहेको जिल्ला समन्वय  समितिमा कांग्रेसको १२, जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमत पार्टीको ३ तथा नेकपा ९एस० र माओवादीको २÷२ मत प्राप्त थिए । जिल्ला समन्वय  समिति सप्तरीको निर्वाचनमा काँग्रेस, लोसपा, जनमत र एस गरी ४ दलीय गठबन्धन र जसपा–एमाले, माओवादी केन्द्र गरी ३ दलीय गठबन्धन बीच चुनावी प्रतिस्पर्धामा थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?