२१ असार, कञ्चनरूप ।


नेपाली कांग्रेस सप्तरी क्षेत्र नं. १ क का नेता दीपक गुप्ताले आगामी मङ्सिरमा हुने भनिएको प्रदेश सभा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेता गुप्ताले सप्तरी क्षेत्र नं. १ क आगामी मङ्सिरमा हुने भनिएको प्रदेश सभा घोषण गर्दे प्रजातन्त्रमा सबै ले आफ्नो बिचार अधिकार लिन र बोल्न पाइन्छ त्यसै कारण म पनि सप्तरी एक क बाट प्रदेश सभा को निर्वाचन मा आफ्नो उम्मेदवारी दिन र टिकट को लागी पहल जनाउदै आफ्ना कमी कमजोरी र सुझाब सल्लाह दिन आग्रह गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन ।

चुनावको मिति घोषणा भएको छैन तर उम्मेदवार बन्न चाहनेहरुको तयारी व्यापक भइरहेको छ । कतिठाउँमा उम्मेदवारी घोषणा समेत गरिसकेका छन् ।












