२३ असार काठमाडौं ।


पछिल्लो चौबीस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चौबीस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो ।

देशभरमा हाल कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ५०८ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा २३ जना संक्रमित निको भएका छन् ।












