२४ असार, कञ्चनरूप ।


डा. प्रकाश प्रसाद साहले गजेन्द्र नारायण सिंह अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका छन्। स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. प्रकाशप्रसाद साहलाई राजविराजस्थित गजेन्द्र नारायण सिंहको मेसुको जिम्मेवारी दिएका हुन् ।
डा. साह यसअघि केन्द्रीय कारागार अस्पतालका प्रमुख थिए ।













