Logo

सेवाग्राहीहरुको मोटरसाइकलको हावा खोल्ने प्रहरीमाथि छानविन शुरु

                     
Logo २९ असार २०७९, बुधबार १९:०४    

अम्बिका दहाल

२९ असार राजविराज ।

भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका सेवा ग्राहीहरुको मोटरसाइकलको हावा खोल्ने सर्वसाधारण देखी पत्रकार सम्मलाई दुःख दिने प्रहरी माथि छानविन शुरु गरिएको । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले बताएका छन ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देवको नेतृत्वमा  जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकारको टोलीसँग घटना बारे छलफल गर्दै संलग्न प्रहरी हवल्दारमाथि कानुनी कारबाही गर्ने साथै उपरीक्षक काफ्लेले आफू सधैँ सत्य तथ्यको पक्षमा रहेर काम गर्ने  कुरामा आफू प्रतिबद्ध रहेको बताए ।

हवलदार राज कुमार धामीले मोटरसाइकलको हावा खोलेर  दुख दिने नियत देखिएकोले घटनामा संलग्न प्रहरी हवलदारमाथि छानविन शुरु  भइसकेको छ, अनुसन्धान टोली खटाएर स्पष्टीकरण सोधेका छौ र पार्किङमै खडा गरेको प्रेस लेखिएको मोटरसाइकलको मात्र हावा खोल्नु दुःखद भएको उपरीक्षक काफ्लेले बताए ।

घटना बारे ध्यानाकर्षण गराउँदै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देवले प्रतिबद्धता कार्यान्वयनका लागि आग्रह गरे ।

नगर प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवलदार धामीले भूमिसुधार तथा मालपोत कार्यालय राजविराजको पूर्वतर्फ तोकिएको पार्किङमा राखेको पत्रकार बृजमान तामाङको प्रेस लेखिएको  मोटरसाइकलको दुबै चक्काको हावा खोलिदिएका थिए ।

अध्यक्ष देवको नेतृत्वको टोलीमा उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वास, कार्यसमिति सदस्यहरू विद्यानन्द राम, कृष्णा कुमार मण्डल, दिनानाथ यादव, परीष कुमार कर्ण, पीडित पत्रकार बृजमान तामाङ, पत्रकार सौरभ यादवलगायत पत्रकारहरू जिल्ला प्रहरी कार्यालय पुगेर घटनाको सत्यतथ्य छानबिन गरि कडा कारबाहीको माग गरेका थिए । 

 


लोकप्रिय छुटाउनुभयो कि ?