Logo

कञ्चनरूप नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास

                     
Logo ४ श्रावण २०७९, बुधबार १८:४८    

साउन ४, कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिकाको प्रशासकीय भवनको बुधवार शिलान्यास भएको छ।

आफ्नो सुविधासम्पन्न र आधुनिक प्रशासकीय भवनको नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले शिलान्यास गरेका हुन्।

कञ्चनरूप –८ स्थिति हाटबजार लाग्ने देखी पश्चिम विद्युत प्राधिकरण कञ्चनपुर देखी उत्तर र चन्द्र नहर पूर्वमा खाली रहेको आफ्नै चार कठ्ठा जमिनमा निर्माण गरिने भवनको आज नगरका प्रमुख गुप्ताले शिलान्यास गरे ।

प्रशासकीय भवनको शिलान्यास गर्दै नगर प्रमुख गुप्ताले भौतिक पूर्वाधार अभाव हुँदा पनि स्थानीय तहले महत्वपूर्ण काम गरिरहेको बताए ।

८ करोड ५८ लाख ६६ हजार ८ सय ५ रुपैयाँ ६३ पैशामा भवन निर्माण हुन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले जानकारी दिइन। उक्त भवन निर्माणको ठेक्का डोलेश्वर महादेव रायुष जेभिले पाएको छ।  उक्त भवन २०८१ साल वैशाख २५ गते सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ।  

 


लोकप्रिय छुटाउनुभयो कि ?