Logo

कञ्चनरूपमा नगर व्यापी  समावेशी सरसफाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न

                     
Logo ४ श्रावण २०७९, बुधबार १९:३५    

साउन ४, कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिकाकामा नगर व्यापी  समावेशी सरसफाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण तथा जनसंख्या संस्था बानेश्वर काठमाडौंले कञ्चनरूप नगरपालिका सहित जिल्ला ९ वटै नगरपालिकामा एक साथ एकदिने  नगरस्तरीय समावेशी सरसफाइ अभिमुखीकरण कार्यक्रम गरेको छ ।

नगरस्तरीय समावेशी सरसफाइ अभिमुखीकरण कार्यक्रमका विभिन्न श्रव्य दृष्य सहित कञ्चनरूप नगरपालिकाको सभाहलमा नगरप्रमुख ललन प्रसाद गुप्ता उप प्रमुख मुना पोखरेल , प्रमुख प्रशासकीय अधिकृत रेणुका शाह, १२ वटै वडा अध्यक्षहरू कार्यपालिका सदस्य , तथ विभिन्न शाखाका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रम गुप्ताले नगरपालिकालाई राम्रो नगरपालिका बनाउने अभियानको पहिलो खुड्किलो भनेकै सरसफाइ भएको बताउँदै नागरिकको स्वास्थ्य र नगरपालिकाको शासनसंग जोडिएको विषय सरसफाइ भएकाले यसलाई प्रभावकारी बनाइने समेत बताए ।

अभिमुखीकरण कार्यक्रमको प्रशिक्षणमा वातावरण तथा जनसंख्या संस्था बानेश्वर काठमाडौंका देवेन्द्र खड्का तथा शोभा रानाले गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?