Logo

कञ्चनरूप वडा नं. १२ ले टोल सुधार समितिलाई डस्टबिन हस्तान्तरण

                     
Logo ४ श्रावण २०७९, बुधबार २०:०७    

साउन ४, कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप वडा नं. १२ ले टोल सुधार समितिलाई सफा सुग्घर र हरियाली बनाउने उद्देश्यका साथ डस्टबिन उपलब्ध गराएको छ ।

वडा नं. १२ को अत आव कै कार्यक्रम भएको र समय नमिलेकाले अहिले वितरण गर्नु परको जनाइएको छ । खुला फोहर मुक्त बनाउने अभियान स्वरुप वडा कार्यलयले विभिन्न रङ्गका डस्टबिन उपलब्ध गराएको हो ।

आज आयोजित कार्यक्रममा नगर प्रमुख गुप्ताले सरसफाइमा हाम्रो पनि साथ र सहयोग निरन्तर रहने छ भन्दै डस्टबिन हस्तान्तरण गरेका हुन ।

डस्टबिन सामाग्री बुझ्दै टोल सुधार समितका अध्यक्षहरूले विभिन्न सार्वजनिक ठाउँहरूमा  राख्ने बताएका छन । 


लोकप्रिय छुटाउनुभयो कि ?