साउन ८ , लहाल


सर्पको टोकाइबाट सिराहामा एक जना बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा गोलबजार नपा—३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो।
सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुर्याए पनि बाटोमै मृत्यु भएको बताइएको छ।

खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्रै घरपरिवारले थाहा पाएको स्थानीय नरबहादुर थापाले जानकारी दिए।
उनी गाउँकै सरस्वती माध्यमिक विद्यालयमा बालविकास पढ्दै थिए।












