Logo

मधेश लाई सुख्खा क्षेत्र घोषणा गरि किसानहरूको लागि राहतको प्याकेज ल्याउन माग 

                     
Logo १२ श्रावण २०७९, बिहीबार १९:३७    

१२ साउन कञ्चनरूप।

जनता समाजवादी पार्टी नेपाल कञ्चनरूप नगर समितिले द्वारा मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरूको लागि विशेष राहतको प्याकेज ल्याउन माग गर्दै ७ बुँदे माग राखी ज्ञापनपत्र कञ्चनरूप नगर मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई बिभिन्न ७ बुँदे माग राखी ज्ञापनपत्र बुझाएको छ ।

जसपा कञ्चनरूप नगर समितिका अध्यक्ष सुदम्वर यादव नेतृत्वका नेताकार्यकर्ताले कञ्चनरूप नगर प्रमुख ललन प्रसाद गुप्ता लाई देशको कृषि हवको रुपमा रहेको मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने लगायतका ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझाउदै नगर प्रमुख गुप्ताले जसपाले उठाएका मागहरू कृषकहरूको वास्तविकता भएकोले यसको कार्यन्वयनको लागी  तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने प्रतिबद्धता जनाए । नगर प्रमुख गुप्ताले किसानहरूको समस्याहरूको उठानका लागी सञ्चारकर्मीहरूलाई कलम चलाउन समेत आग्रह  गरे । ज्ञापनपत्रमा अनुसार  मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरूलाई विशेष राहत प्याकेजको व्यवस्था गरियोस्‌  ।

कृषिकहरूको लागि पर्याप्त मलखादको   व्यवस्था गरियोस्‌ । किसानहरूले बैंकबाट लिएको ऋणको व्याज मिनाहा गरियोस्‌ । सिँचाइको लागि व्यापक डिप बोरिङको लगायत अन्य वैकल्पिक व्यवस्था गरियोस्‌ । सिँचाइको लागि किसानहरूलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गरियोस । किसानहरूको सुविधाको लागि कृषि विद्युतीय करणको व्यवस्था गरियोस्‌ । कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गरियोस्‌ भन्ने उल्लेख गरिएको छ ।

यसैगरी  बिहिबारै जसपा सप्तरी अध्यक्ष केदार यादव द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विभिन्न माग सहित मुख जिल्ला अधिकारी जर्नादन गौतम मार्फत  प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ।  

 

 


लोकप्रिय छुटाउनुभयो कि ?