१८ साउन कञ्चनरूप।


सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले राज्यले महिला र आदिवासीप्रति हेर्ने दृष्टिकोण फरक आफू पनि यसको सिकार भएको रहेको बताएकी छन ।
सप्तरीको कठौनामा बुधबार नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । कार्यक्रमका विशिष्ट अतिथिको आसनबाट बोल्दै नगरप्रमुख चौधरीले विभेदकारी नीति विरुद्ध हेपिएका लिङ्ग समुदायहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन ।

यसैगरी नेपाल आदिवासी जनजाति महासङ्घका मधेश प्रदेश समितिका अध्यक्ष मनोज सिंह दनुवारले मधेश सरकार आदिवासी जनजातिप्रति पूर्वाग्रही रहेको आरोप लगाएका छन । कार्यक्रममा बोल्दै अध्यक्ष दनुवारले मधेश सरकारले आदिवासी जनजाति समुदायमाथि विभेदकारी व्यवहार गरेको आरोप लगाए । मधेश सरकारले आदिवासी जनजाति उत्थानका लागि कुनै कार्यक्रम ल्याउन चाहेन, अध्यक्ष दनुवारले भने, आदिवासी जनजातिको पहिचान र अधिकारका लागि मधेश सरकारको पटकपटक ध्यानाकर्षण गराउँदा समेत आदिवासी भएकै कारण सुनुवाइ परेनन् । मधेश प्रदेश सरकारले आदिवासी जनजातिलाई दोश्रो दर्जाको नागरिकको व्यवहार गरेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष दनुवारले अधिकार प्राप्तिका लागि मधेश सरकार विरुद्ध एकताबद्ध हुनुपर्नेमा जोड दिए । मधेश सरकारले आदिवासी जनजाति पनि मधेश प्रदेशमा छ्न भन्ने अहिलेसम्म महसुस गरेकै छैन अध्यक्ष दनुवारले भने, दलित, मुस्लिम लगायतका समुदायलाई प्राथामिकतामा राखेपनि आदिवासी जनजाति प्रति सर्वग्राही छ ।
नवनिर्वाचित अध्यक्ष अरुण कुमार प्रधानले आफूलाई जनजाति समुदायले गरेको विश्वासलाई खेर जान नदिने बताए । उनले कसैको एकल प्रयासले कोही सफल हुन नसक्ने भएकोले सहयोगको आग्रह गर्दै आफू जहिलेपनि सबैजनाको सल्लाह अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ को अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष यम बहादुर खपाङ्गी मगर, महेन्द्र प्रसाद चौधरी, आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष भगवती चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, सप्तरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दुर्गानन्द साह, नेपाल मगर संघका अध्यक्ष साधना राना, नेपाल आदिवासी जनजाति शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख अतिथि दनुवार र विशिष्ट अतिथि नगरप्रमुख चौधरी र निर्वाचन समिति संयोजक दिल कुमारी चौधरीले माला, गम्छा र प्रमाणपत्र प्रदान गरि सपथ ग्रहण गराए । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सचिव खेमराज सिंह दनुवारद्वारा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष शिव नारायण चौधरी थारुले गरेका थिए ।












