Logo

नागरिकता विधेयक फिर्ताको विरोधमा प्रदर्शन र पुतला दहन

                     
Logo ३० श्रावण २०७९, सोमबार १८:५५    

३० साउन कञ्चनरूप  ।

राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सप्तरीको राजविराजमा मा जसपाका कार्यकर्ताहरूले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका छन ।

राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध जसपाका स्थानीय नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

यस्तै लोसपाले समेत नागरिकता विधेयक फिर्ताको विरोधमा प्रदर्शन गरेका छन् । पार्टी कार्यालयबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात पुन पार्टी कार्यालय पुगेका थिए ।

उता  सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक ( पहिलो संशोधन ) विधेयक २०७९ पुनर्विचारको लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?