Logo

राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा

                     
Logo ३१ श्रावण २०७९, मंगलवार १९:३५    

३१, साउन, राजविराज ।

सप्तरीको राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ ।

मधेश प्रदेश सरकारले गत फागुन २४ गते गरेको निर्णयअनुसार राजविराज –रूपनी सडक खण्ड अन्तर्गत राजविराज ९ स्थित भाडा लिएर सेवा कार्यालयको सञ्चालनमा आएको हो ।

मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार उद्घाटन गर्दे  कार्यालयमा कुनै किसिमको जनगुनासो आएको खण्डमा अनुगमन सँगै कडा रुपमा प्रदेश सरकार प्रस्तुत हुने बताए  । अर्थ मन्त्री साहले  जनगुनासो आउने गरी कर्मचारीहरूलाई काम गर्न निर्देशन दिए ।

जिल्ला भरीका सेवाग्राहीलाई सेवा दिने गरी सञ्चालनमा आएको सेवा कार्यालयबाट बिलबुक नवीकरण, रुट परमिट, सवारी जाँच पास, अस्थायी रुट इजाजत लगायत सेवा दिइने कार्यालय प्रमुख शशि प्रसाद यादवले बताए ।

मधेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक कुमार दासको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समवन्य समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, सप्तरी उद्योग वाणिज्य संघ राजविराजका अध्यक्ष लालु प्रसाद अग्रवाल, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, राजविराज नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जवाहर यादव, सगरमाथा ट्रक व्यावसायी संघ सप्तरीका अध्यक्ष जगदीश अर्याल लगायतकाले मन्तव्य व्यक्त थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?