१ भाद्र , कञ्चनरूप


सप्तरीको कञ्चनरूप नगरपालिका –३ गोरपार स्थित पोखरी छेउको चौर रहेको मतदानस्थल राष्ट्रिय मावि वनरैत टोलमा गाभ्नका लागी निर्वाचन आयोगमा सिफारिस गरिएको छ।
पोखरी छेउको चौर मतदानस्थलमा बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा ३ सय ८५ जना मतदाता रहेका थिए भने यस अधि राष्ट्रिय मावि वनरैत टोलमा मतदानस्थल १ हजार ६ सय ६८ जना मतदाता रहेका थिए । अब उक्त मतदानस्थलमा २ हजार ५३ जना मतदाता रहेन छन ।

यसैगरी जिल्लाका अन्य पालिकाहरूमा रहेका मतदानस्थलमा ९ वटा सार्ने, १८ वटा थप गर्ने, दुइटा गाभ्ने र ३३ वटाको नाम सच्याउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गरेको छ।
पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदानस्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटियुक्त मतदानस्थलको नाम सच्याउने निर्णय भएको बताइएको छ।
गत स्थानीय तह निर्वाचनमा ९ नगरपालिका र ९ गाउँपालिका तथा एक सय ६४ वडा रहेको सप्तरीमा दुई सय ९७ मतदानस्थलमा पाँच सय ३६ मतदान केन्द्र थिए।













