२ भाद्र ,राजविराज ।


सप्तरीमा तीन वर्षको अवधिमा पानीमा डुबेर ५७ जनाको मृत्यु भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षमा २१ बालक र १२ बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । जसमा सात बालक र ६ जना बालिका ५ वर्ष मुनिका रहेका छन भने १९ देखि २५ वर्ष उमेरका ६ पुरुष, २६ देखि ३५ वर्षका २ महिला र ४ पुरुष, ३६ देखि ४५ वर्षका १ महिला र र्२ पुरुष, ४६ देखि ५५ वर्षका १ महिला र र् २ पुरुष, ५६ देखि ६५ वर्षका ३ पुरुष तथा ६६ वर्ष माथिका ३ पुरुषको पानीमा डुबेर मृत्यु भएको उल्लेख छ ।

मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ । साथै तीन वर्षको अवधिमा २६ को पोखरीमा, १० को खाल्डोमा, सातको खोलामा, १० को नहरमा र ४ जनाको नदीमा डुबेर मृत्यु भएको उल्लेख छ ।
गाउँघरमा अव्यवस्थित पोखरी भएका कारण र पोखरीमा डिलसमेत नहुनाले बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ । अभिभावकले बालबालिका कता छन्, के गर्दैछन् भनेर रेखदेखमा ध्यान दिँदा पानीमा डुबेर मृत्यु भएको हो ।












