२ भाद्र ,खडक ।


विरेन्द्र साह
सप्तरीको खडक नगरपालिकाले वडा बाल अधिकार समितिका सदस्यहरूलाई ३ दिवसीय बालअधिकार तथा संरक्षक कार्यविधि सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

नगर स्तरीय बाल अधिकार सम्बन्धी तालिममा वडा अध्यक्ष ,वडाको सचिव तथा नगरपालिका केही कर्मचारीलाई उक्त तालिम दिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग सबल नेपालको आयोजनामा उक्त तालिम एक जना पनि बालबालिका राखिएको थिएन । कार्यक्रम बालबालिका सम्बन्धी तालिम रहेपनि उनीहरू नराखिएको प्रति दुःख व्यक्त गरेका छन । यता नगर प्रमुख जयप्रकाश चौधरीले आयोजक संस्थाले कार्यक्रमको फर्मेट बनाएकाले बालबालिका नपरेको प्रतिक्रिया दिए । नगर प्रमुख चौधरीले आगामी दिनमा कार्यक्रम गरीदा बालबालिकालाई समावेश गरिने जानकारी दिए ।












