सप्तरीका जनप्रतिनिधि किन किन कर्मचारीदेखि डराउने गरेको देखियो ? जनताको मतले निर्वाचित जनप्रतिनिधि कर्मचारीदेखि डराउँदा लाग्छ स्थानीय निकायका जनप्रतिनिधि तन्त्र नभएर कर्मचारी तन्त्र हो कि ? भर्खर निर्वाचित जनप्रतिनिधिले १ सय दिन पूरा गर्न लाग्दा कसैले पनि सोचेजति सफलता हात पर्न नसकेको हो ।सप्तरीका १८ स्थानीय तहमध्ये ३ स्थानीयले हालसम्म परिषद गर्न नसकेको अवस्था छ । केही पालिकामा निमित्तले मेयर ,उपमेयर र गाउँपालिका अध्यक्ष ,उपाध्यक्षलाई आफ्नो औलामा नचाइरहनु भएको छ । सिकारु जनप्रतिनिधि कर्मचारीको इसारामा नाच्नु परेको अवस्था रहेको छ । जनप्रतिनिधिहरूको सरोकार रहने बैठकमा प्रमुख प्रशासकीय अधिकृतहरू निर्वाचित नेताभन्दा बढि फुर्ती लगाउने गरेको अवस्था छ ,यस वाट प्रस्ट हुन्छ जनप्रतिनिधि कर्मचारी नेता र नेता कर्मचारी हो कि र ?














