Logo

कञ्चनरूपमा आसेपासेलाई खुवाइएको थियो जागिर निष्कासन हुँदा छटपटी

                     
Logo ५ भाद्र २०७९, आईतवार १८:५५    

कञ्चनरूप नगरपालिका भित्र विभिन्न शाखा तथा उप शाखाहरूमा कार्यरत १४ जना ज्यालादारीमा काम गर्नेहरूलाई कामबाट निकाले पछि सबैभन्दा बढी छटपटी कञ्चनरूपको एमालेमा देखा परेको छ । यतिमात्र हैन देशका अन्य स्थानीय तहहरूमा एमाले बाहेक अन्य पार्टीले जित हासिल गरेको ठाउँ बाहेक सबैमा यस्तै हालत छ । जसको ज्वलन्त उदाहरण हो धरान नगरपालिका ।

एमाले कञ्चनरूपको टाउको दुखाईको प्रमख कारण , एमालेका आसेपासे र पार्टीमा सहयोग गरेबापत आफन्त या श्रीमतीलाई जागिर लगाएको थियो । त्यति भन्दा पनि छुटकारा नहोला सिदा भन्नु पर्दा पूर्व मेयर तथा उपमेयरका समीपका मानिसहरूलाई चोर बाटो अपनाएर सुटुक्क जागिर खुवाइएको थियो । आफ्ना कार्यकर्ताका आफन्तको जागिर चट भए पछि कार्यकर्ताको दबाब थेग्न सक्ने अवस्था रहेन त्यसैले कञ्चनरूप एमालेलाई छटपटी भएको हो ।

निष्कासन कानुन सम्वत् नहोला त्यो अलग पाटो हो । कञ्चनरूप एमाले पनि बझ्न जरूरी छ कि नियुक्ति प्रक्रिया नाजायज हुँदाहुँदै , निष्कासन गर्न चै जायज प्रक्रिया अपनाउनु पर्ने यो कस्तो तरिका हो ।

अर्को प्रसङ्ग  एकाएक सत्ता र शक्तिबाट उछिट्टिएर सडकमा पछारिँदाको परिणाम भएको सहजै  अनुमान लाउन सकिन्छ । निकै उकुसमुकुसको अवस्थामा रहेको देखिन्छ । कार्यक्रमै पिच्छे अलग अलग दाबी गर्दै आएका छन् । स्वभाव र शैली अघिल्लो कार्यकाल भन्दा फरक रूपमा एमाले प्रस्तुत भैरहेको छ । त्यति मात्रै हैन स्थानीय  चुनावमा परास्त हुनुको पीडा सहन नसक्नुको एक कारण हो ।


लोकप्रिय छुटाउनुभयो कि ?