Logo

एघार नम्बरका वडा अध्यक्ष ललित गोजेवारले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड , कञ्चनरूपका कर्मचारीहरू आन्दोलित 

                     
Logo ६ भाद्र २०७९, सोमबार १९:५७    

६ भाद्र , कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष ललित गोजेवारले दलबलसहित  प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड गरे पछि कञ्चनरूपका कर्मचारीहरू आन्दोलित भएका छन ।

कर्मचारीहरूको भेलाले लिखित रूपमै आन्दोलनको घोषणा गरेका छन ।  आन्दोलनका कार्यक्रमअनुसार भोलि भाद्र ७ गते  कार्यकक्षमा तोडफोडको विषयमा नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउने , सम्पूर्ण कर्मचारीहरूले कालोपट्टी बाँधेर कामकाज गर्ने  १ घण्टा कलम बन्द गर्ने भएका छन ।

घटना यस्तो छ । 

सङ्घीय सरकारबाट आउने सामाजिक सुरक्षा भत्ता १२ वटै वडाहरूको विभिन्न बैकमा रहेको सामाजिक सुक्षा कोषको खातामा पठाउदै गर्दा ११ नम्बर वडाको बैक खातामा रकम कम देखिएकोले सो रकम माग गर्न पहल भै सकेको अवस्था जानकारी हुँदा हुँदै पनि सोमवार १२ः३० प्रमुख प्रशासकीय अधिकृत रेणुका साह कार्यकक्षमा बसेको वेला  अध्यक्ष ललित गोजेवार दलबदल हित कोठामा पसी सामाजिक   सुरक्षा भत्ता निकासी गडबड गरेको भन्दै तथानाम बोली कार्यकक्षमा रहेको टेबल तोड फोड गरेका हुन । प्रहरी प्रशासन तथा नगर प्रमुख र कर्मचारी बिच आफूबाट गल्ती भएको भनी क्षमा याचना मागेको बताइएको छ ।

कर्मचारी आन्दोलित 

कञ्चनरूप नगरपालिका कर्मचारीहरूको बैठकले यस्तो प्रवित्ति नरोकिए सम्म सङ्घर्ष गर्ने भन्दै रामसेवक यादवको संयोजकत्वमा १५ सदस्य संघर्ष समिति गठन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत साहले लगायत अन्य शाखा तथा उप शाखा , वडा सचिव र स्वास्थ्यकर्मी लगायत यस्तोका कार्य निन्दनीय भएको भन्दै चर्को विरोध गरेका थिए ।

कार्य शैली गलत भएको र यशलाई लिखित रुपमा नसच्याए सम्म आन्दोलन जारी राख्ने  बताएका छन ।    


लोकप्रिय छुटाउनुभयो कि ?