Logo

कञ्चनरूप नगरपालिका कर्मचारीहरू आन्दोलित , हातमा कालोपट्टी  बाँधेर पेन डाउन एक घण्टा धर्नामा
नगरप्रमुखद्वारा समस्याको समाधान गरिने प्रतिवद्धता पछि कर्मचारीहरू कामकाजमा फर्किए  

                     
Logo ७ भाद्र २०७९, मंगलवार १५:५३    

 कञ्चनरूप  ।

सप्तरीको कञ्चनरूप नगरपालिका मातहतका कर्मचारीहरू नगरपालिका कार्यालयको कामकाज रोकेर पेन डाउन आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार बिहानैदेखि काम नगरी हातमा कालोपट्टी  बाँधेर कर्मचारीहरू १ घण्टा सम्म पेन डाउन गरि धर्नामा बसेको कार्यक्रम रहेको सङ्घर्ष समितिका संयोजक रामसेवक यादवले बताए ।

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष ललित गोजेवारले दलबलसहित  प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तोडफोड गरे पछि कञ्चनरूपका कर्मचारीहरू आन्दोलित भएका हुन ।

कार्यकक्षमा तोडफोडको विषयमा कर्मचारीहरूको भेलाले लिखित रूपमै आन्दोलनको घोषणा गरी आन्दोलनका कार्यक्रम अनुसार अज भाद्र ७  नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउदै , बोधार्थमा जिल्ला प्रशासन कार्यलयलाई पनि अवगत गराएका छन ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख ललन प्रसाद गुप्ताले कर्मचारीहरू  र जनप्रतिनिधिहरू जनताको सेवक भएकोले जनताको काम सहजरूपमा गर्नु पर्दछ । वडा अध्यक्षबाट जुन कार्य त्यो कार्य राम्रो हैन यसमा स्वयम् वडा अध्यक्षले पनि  रियलाइज गरी आइन्दा यस्तो नहुने प्रतिवद्धता जनाउनु भएको छ  र भोली नै कार्यपालिका तथा वडा अध्यक्षहरूको बैठक बसि कर्मचारीहरूको माग सम्बोधन गरिने आश्वास दिए पछि कर्मचारीहरू आफ्नो कार्यकक्षमा फर्की दैनिक कामकाज सुचारु गरेका छन ।

सङ्घर्ष समितिका संयोजक रामसेवक यादवले जरी गरेको प्रेस विज्ञप्ति मा भनिएको छ । कञ्चनरूप नगरपालिकामा विगत १० महिना देखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहको कार्य कुशलताले गर्दा यस नगरपालिकाको सेवा प्रवाह निष्पक्ष इमान्दारिताका साथ छिटो छरितो भइरहेको अवस्थामा संघीय सरकार पञ्जिकरण विभागको सामाजिक सुरक्षा कार्यक्रमको रकम विभागबाट कम प्राप्त भएकोले वडा नं. ११ को सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको खातामा हालसम्म पुग्न नसकेकोमा प्रमुख प्रशासकीय अधिकृत गम्भीर भई पूर्ण रुपमा पहल गरिरहेको अवस्थामा वडा नं. ११ को अध्यक्ष श्री ललित कुमार गोजेवारले भिड सहित आज मिति २०७९।०५।०६ गते दिउँसो लगभग १२ः३० बजेको समयमा अचानक प्रमुख प्रशासकीय अधिकृत ज्यूको कार्यकक्षमा प्रवेश गरी गुण्डाको शैलीमा गाली गलौज गर्दै अफिस टेबलको सिसा तथा टेबल तोडफोड गरी अराजक गतिविधि गर्नु भएको र कानूनी राज्यमा जनताको सेवामा खटिरहनु भएको राष्ट्र सेवक कर्मचारीहरूलाई सुरक्षामा खलल पुर्याइ जिउ ज्यानमा समेत असर गर्ने कार्य भएको हुँदा उक्त कार्यको हामी सम्पूर्ण कर्मचारीहरूले घोर भर्त्सना गर्दछौँ । साथै दिन रात जनताको सेवामा खटिरहेको कर्मचारीको मान मर्दन तथा ज्यान जोखिम हुने कार्य तत्काल बन्द गराउन र सुरक्षाको प्रत्याभूति कायम गर्न प्रशासन तथा जनप्रतिनिधीसँग जोडदार माँग गर्दछु साथै यस्तो गतिविधि पुनः नदोहर्याउन तथा जनताको सेवामा रहनु हुने सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुको मनोवल उच्च राखी काम काज गर्ने  वातावरणको लागी सरोकारवालासँग हार्दिक अपिल गर्दछौ ।

प्रमुख प्रशासकीय अधिकृत साह लगायत अन्य शाखा तथा उप शाखा , वडा सचिव र स्वास्थ्यकर्मी लगायतले  कालोपट्टी वाँधेका  १ घण्टा सम्म पेन डाउन गरेका थिए । यस्तोका कार्य निन्दनीय भएको भन्दै चर्को विरोध गरेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?