कञ्चनरूप ।


सप्तरीमा अवैध सामान पक्राउ गर्न खोज्दा स्थानीय बासी र प्रहरी बिच झडप झडप भएको छ ।
जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार दिउँसो १२ ः३० मा अवैध रुपमा कपडा लुकाई छिपाई राखेको समान बरामद गर्ने क्रममा झडप भएको हो ।

प्रहरीका अनुसार बलानबिहुलं.४ को घुरन साहको घरमा अबैध रुपमा कपडा लुकाई छिपाई राखेको छ भन्ने जानकारी आउन साथ जि।प्र।का। सप्तरीबाट प्रहरी टोली र भन्सार कार्यालय राजबिराज तिलाठीको प्रतिनिधि घुरन साहको घर खानतलासी गर्न क्रममा करिब २५०÷३०० जनाको सङ्ख्यामा स्थानीयवासी भेला जम्मा भई प्रहरी माथि ढुङ्गामुढा घुरन साहको घर भित्र रहेको अवैध कपडाहरू बोकी लुकाउन खोज्दा नेपाल प्रहरीले प्रति कार स्वरुप ३०३ राइफल्सबाट २ राउन्ड र सर्ट गनबाट – १ सेल हवाई फायर गरी भिडलाई तितरबितर पारेको जनाएको छ ।
यस बिचमा कुनै मानवीय क्षति नभएको र मद्दत लागी सशस्त्र प्रहरी टोली समेत परिचालन भएको उल्लेख छ ।
स्थानीयवासीहरूको समूहले प्रहरी माथ ढुङ्गामुढा प्रहार गर्दा प्र।स।ह।शिव शंकर साहको घुँडा मुनी चोट लगोको अर्का प्र।ज।अनिल कुमार बस्नेतको छातिमा चोट लागेको साथै प्र।ज। विशाल कुमार मिश्राको टाउकोमा चोट लागको प्रहरीले जनाएको छ ।
अवैध रुपमा बरामद भएको लत्ताकपडाहरू कारवाहीको लागी भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।












