कञ्चनरूप ।


नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी ) पछिल्लो समयमा सप्तरी भित्र सक्रिय हुँदै गएको छ।
संघीय र प्रदेशको निर्वाचनको मिति तोकिएसँगै नेकपा(एस)को सप्तरीका नेतृत्वमा राजनीतिक क्रियाकलाप बढ्दै गएको छ।

तिरहुत गाउँपालिका वड़ा नं. ४ बबी यादव, सुशील मुखिया बब्लु गिरी , बेचन यादव लगायत २ दर्जन जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा (एस)मा प्रवेश गरेको नेकपा (एस ) सप्तरी क्षेत्र नं. १ का क्षेत्रीय संयोजक विष्णु देव चौधरीले बताएका छन्।
पार्टीको सिद्धान्त मन परेर नेकपा (एस) रोजेको बबी कुमार यादव बताए ।
विभिन्न पार्टी परित्याग गरि नेकपा(एस)मा प्रवेश गरेका सदस्यहरूलाई गोपनीयताको सपथ ग्रहण गराउँदै पार्टीले बनाएको निती नियम भित्र रही इमानदारीपूर्वक जनताको हक हितको लागि काममा लाग्नु पर्ने सुझाव दिदैँ पार्टी प्रवेश गरेका सबै सदस्यहरूमा केन्द्रिय सदस्य तथा सप्तरी जिल्लाको इन्चार्ज गोविन्द न्यौपाने, केन्द्रिय सदस्य उपेन्द्र नारायण साह , मधेश प्रदेश सदस्य दीप नारायण चौधरीले बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सप्तरीले तिरहुत गाउँपालिका स्तरीय ११ सदस्य तदर्थ कमिटी गठन गरेको छ । मंगलबार तिरहुत वडा नं. ४ मा भएको भेलाबाट तदर्थ कमिटी घोषणा गरेको हो ।
तदर्थ कमिटीको संयोजकमा शम्भु देव, सह सहसंयोजक बबी कुमार यादव, सदस्यहरूमा, सुनिल मुखिया, बब्लु गिरी, बेचु यादव ,रामकुमारी यादव, रामनाथ मण्डल ,शशिधर प्रसाद देव, राम कुमार खङ्ग, दुर्गा नन्द रजक, र सुभास यादव रहेका छन ।
उक्त भेलाबाट नं. ३ र ४ वडा स्तरीय कमिटी समेत गठन गरेको छ ।
तिरहुत गाउँपालिका वडा नं.३ मा दुर्गा नन्द रजकको अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरको क्षेत्रीय संयोजक विष्णु देव चौधरीले बताएका छन् भने उपाध्यक्षमा ढलाई सदा कोषाध्यक्षमा सिता देवी रजक सहित १५ सदस्य वडा कमिटी गठन उल्लेख गरिएको छ ।
त्यसै गरी पालिका वडा नं.४ मा बैजु यादवको अध्यक्षतामा १५ सदस्य वडा कमिटी भएको छ । भने उपाध्यक्षमा देवकी देवी मल्लाह , सचिवमा अनिल कुमार यादव कोषाध्यक्षमा डम्बर मल्लाह सहित सहित १५ सदस्य वडा कमिटी गठन बताइएको छ ।
सप्तरी क्षेत्र नं. १ का क्षेत्रीय संयोजक विष्णु देव चौधरीलेको अध्यक्षता सम्पन्न भेलामा र केन्द्रिय सदस्य तथा सप्तरी जिल्लाको इन्चार्ज गोविन्द न्यौपानेको प्रमुख आतिथ्यमा एवं केन्द्रिय सदस्य उपेन्द्र नारायण र प्रदेश सदस्य दीप नारायण चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।












