कञ्चनरूप ।


सप्तरीको कञ्चनरूप नगरपालिकाको १२ वडामा रहेको शंकर मा.वि. विद्यालय व्यवस्थापन गठन विरुद्ध परेको रिटमा उच्च अदालत जनकपुर राजविराजले विहीबार नगरपालिकाको शैक्षिक व्यवस्थापन कार्यविधि अनुसार भएकोले भन्दै विद्यालय व्यवस्थापन गठन विरुद्ध परेको रिट खारेजगरेको छ ।
स्थानीय रमेश बस्नेतले शंकर मा.वि. विद्यालय व्यवस्थापन गठन शैक्षिक व्यवस्थापन कार्यविधि अनुसार भएकोले भन्दै कञ्चनरूप नगरपालिकालाई विपक्षी बनाई दिएको रिटमा उच्च अदालत जनकपुर राजविराजले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ज ७ मा आधारभूत र माध्यमिक शिक्षा विद्यालय व्यवस्थापन समिति गठन र व्यवस्थापन गर्ने अधिकार नगरपालिकाको रहेको कञ्चनरूप नगरपालिकाको शैक्षिक व्यवस्थापन कार्यविधि २०७७ को दफा २६ बमोजिम शंकर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको र उक्त कार्य विविध प्रचलनमा नै रहेको अन्तरिम आदेश जारी नगर्दा निवेदकलाई अपुरणीय क्षति नपुग्ने अवस्था नदेखिंदा सुविधा सञ्चालनको दृष्टिकोणबाट निवेदकको निवेदन बमोजिम अन्तरिम आदेश जारी गर्नु पर्ने देखिएनन् भन्दै उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश तेजबहादुर सिंह राई तथा न्यायाधीश कुलप्रसाद शर्माको संयुक्त इजलासबाट जारी भएको हो ।

शैक्षिक व्यवस्थापन कार्यविधि २०७७ शिक्षा र ऐन २०२८ नवौँ संसोधन २०७४ यस्तो छ ।
उच्च अदालत जनकपुर राजविराजको फैसला












