Logo

सर्लाहीको गोडैता बजारमा आईएमई दिउँसै लुटियो 

                     
Logo १० भाद्र २०७९, शुक्रबार १५:५९    

सर्लाही ।

सर्लाहीको गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा शुक्रबार बिहान डकैती भएको छ ।

प्रहरी चौकीभन्दा करिब दुई सय मिटर मात्र टाढा रहेको आईएमई पसलमा हतियारधारी समूहले लुटपाट गरेको छ।

शुक्रबार बिहान करिब दश बजे आइएमई पसलमा चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमईमा लुटपाट गरेका हुन । लुटेराको समूहले आईएमईको एक थान कम्प्युटर सहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेका छन ।

गोडैता ८ स्थित बजारमै रहेको आइएमईमा  बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए । उनका अनुसार दुई सय मिटर भित्रमा प्रहरीचौकी रहेको छ ।

नगद तथा कम्प्युटर लुटेर भागेपछि जिल्लामा प्रहरी सतर्कता बढाइएको छ। घटना लगत्तै डिएसपीको कमान्डमा प्रहरीको टोली घटनास्थलमा परिचालन गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले सर्लाही जिल्लाभर प्रहरी परिचालन गरिएको र बोर्डर क्षेत्रमा निगरानी बढाएर अनुसन्धान भइरहेको जनाएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?