Logo

 समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवसको अवसरमा राजबिराजमा  रक्त दान कार्यक्रम

                     
Logo ११ भाद्र २०७९, शनिबार १९:४३    

राजविराज ।

नेकपा एकीकृत समाजवादी पार्टीका वर्गीय संगठन समाजवादी प्रेस संगठन नेपालको स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति सप्तरीले  रक्त दान कार्यक्रम स्थापना दिवस मनाएको छ ।

सप्तरी राजबिराज न पा ४ स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको ब्लड बैंकमा शनिवार रक्त दान कार्यक्रम गरी  समाजवादी प्रेस संगठन नेपाल स्थापना  दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा शाखा सप्तरी सदस्य रवि रायले रक्तदान गरी शुभारम्भ गरेका थिए भने यो रक्तदान २१ औं पटक रक्तदान रहेको बताए । 

स्थापना दिवसको अवसरमा  रक्तदान कार्यक्रममा  नेकपा एकीकृत समाजवादी पार्टी सप्तरी का अध्यक्ष प्रताप नारायण चौधरी ,नेपाल  बुद्धिजीवी परिषदका केन्द्रीय सचिवालय सदस्य नथुनी दास ,नेपाल बुद्धिजीवी परिषद ( समाजवादी ) सप्तरीको अध्यक्ष अनिलकुमार अनल, संगठन समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य अम्बिका दाहाल, नर्मदेव यादव प्रदेश सहसचिव प्रमोद चालिसे , सल्लाहकार सुरेन्द्र गुप्ता, जिल्ला उपाध्यक्ष सुनिल झा , अनेम संघ समाजवादीकी जिल्ला अध्यक्ष ममता चौधरी, प्रहरी उपरीक्षक अबिनारायण काफ्ले लगायत  पत्रकार बैजनाथ झा, मनोज माझी, नवीन गुप्ता, दिनानाथ यादव, चन्दन यादव लगायतको उपस्थिति रहेका थियो । नेपाल प्रहरी, नेपाल सेना लगायतले रक्तदान गरेका थिए ।

समाजवादी प्रेस संगठन नेपाल शाखा सप्तरीका अध्यक्ष अनिल पोखरेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएका थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?