रुपनी ।


सप्तरीको हनुमाननगर कंकालिनी का एमालेका नगर अध्यक्ष सहित एक दर्जन कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।
शनिवार सप्तरीको रुपनीमा भएको नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी सचिवालय बैठकमा हनुमाननगर कंकालिनी का एमालेका नगर अध्यक्ष देवनाथ यादव र नगर सचिव भागवत मण्डल सहित सहित एक दर्जन कार्यकर्ता एकीकृत समाजवादी मा प्रवेश गरेका छन् ।

एमाले पार्टी परित्याग गरी प्रवेश गरेका यादव लगायत नवप्रवेशीलाई बैठकका प्रमुख अतिथि नेकपा एकीकृत समाजवाद स्थायी कमिटी का सदस्य रामपृत पासवान नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य सप्तरी जिल्ला इन्चार्ज प्रदेश सभा सदस्य गोविन्द न्यौपाने ,पार्टी केन्द्रिय सदस्य एवम् अनेम संघ केन्द्रिय उपाध्यक्ष उषा पोखरेल ,प्रदेश सदस्य दीप नारायण चौधरी ,मो इस्लाम ,अनार चौधरी, असर्फी यादव लगायतले नवप्रवेशीलाई फूलमाला लगाइ स्वागत गरेका थिए । उक्त कार्यक्रम जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव शम्भु यादवले गरेका थिए ।












