Logo

जलवायु परिवर्तन साझेदारी विषयक तीन दिने तालिम तालिम सुरु

                     
Logo १६ भाद्र २०७९, बिहीबार १९:०६    

राजविराज ।

सप्तरीको राजविराजमा विहीवार चुरे उत्थानशील क्षेत्रका आदिवासी जनजाति संस्थाहरूलाई सचेतना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जलवायु परिवर्तन साझेदारी विषयक तालिम सुरु भएको छ ।

खाद्य तथा कृषि संगठनको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको समन्वयमा तीन दिवसीय तालिम सुरु भएको हो ।

तालिममा सञ्चालन गरेको आयोजक संस्थाकी लक्ष्मी गुरुङले जानकारी दिएकी छिन् । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधानले आदिवासी जनजातिहरूको बसोबास धेरै जसो जङ्गल छेउमा रहने गरेकोले प्रत्यक्ष असर आदिवासीहरूलाई परिरहेको बताए ।

सो तालिममा प्रशिक्षक धनराज गुरुङ, रेष्मा माझीले जलवायु परिवर्तनले हानी नोक्सानी ,न्यूनिकरण, अनुकुलन, आदिवासीका सबालहरू लगायतका विषयवस्तुबारे कार्यक्रममा जानकारी गराउने छन् ।

तालिममा जिल्लाका जम्मा २२ जना आदिवासी जनजातिका महिला तथा पुरुषको सहभागिता रहेको कुरा  आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधानले बताए। तालिममा धनराज गुरुङ र  रेष्मा माझी सहजकर्ताको रुपमा तीन दिन सम्म रहने छन ।

 


लोकप्रिय छुटाउनुभयो कि ?