Logo

ओलीले प्रधानमन्त्री बन्नको लागी मात्रै एकता गरेका हुन् : गिरिराजमणि पोखरेल

                     
Logo १२ भाद्र २०७९, आईतवार ०५:३७    

राजविराज ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले तत्कालीन नेकपा एकताबाट ओली प्रधानमन्त्री बन्न कै लागी मात्र एकता गरेको आरोप लगाएका छन् ।

राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा शनिवार नेपाल राष्ट्रिय प्राध्यापक संगठन मधेश प्रदेशको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले सो आरोप लगाएका हुन् ।

उनले राजनीतिक मुद्दामा सर्वोच्च अदालतले हात हालेर नेकपा पार्टी फुटाएको आरोप समेत लगाउदै ओलीको सरकारले नै विधेयकको रुपमा ल्याएको नागरिकता सम्बन्धित वर्तमान विधेयकमा अप्राविधिकको हकमा मात्र थप प्रावधान राखेको बताए ।

नेकपा (माओवादी केन्द्र) भित्रको आन्तरिक संघर्षलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचन आगामी मंसिर ४ गते सम्मको लागी पार्टी भित्रको संघर्षलाई थाती राखी निर्वाचनमा सक्रियताका साथ एक जुट भएर लाग्न नेता, कार्यकर्तालाई उनले आग्रह पनि गरे ।

सङ्गठनका संयोजक कृष्णकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य तथा शिक्षा राज्यमन्त्री बोधमाया यादव, पार्टीका केन्द्रिय सदस्य तथा मधेश प्रदेश गृह तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण, विष्णु खनाल, उमेश लम्साल, महेश गजमेर, डा। सुशील कुमार कर्ण लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

सो अवसरमा माओवादी केन्द्र का स्थायी सदस्य तथा पूर्व मन्त्री विश्वनाथ साह, माओवादी केन्द्र का पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री उमेश यादव, पार्टीका पोलिटब्युरो सदस्य तथा  सप्तरी जिल्ला इन्चार्ज अशोक मण्डल, केन्द्रिय सदस्य सूर्यनाथ यादव, मधेश प्रदेश पूर्व सदस्य महेश यादव, भागवत यादव, अनेकि महासङ्घका हरि नारायण महतो, पत्रकार देवराम यादव लगायतको उपस्थिति रहेको थियो । यो


लोकप्रिय छुटाउनुभयो कि ?