Logo

सप्तरीमा कांग्रेसले सुरु गर्यो ‘जनताको साथमा काँग्रेस’ अभियान 

                     
Logo १२ भाद्र २०७९, आईतवार ०५:१५    

राजविराज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले काङ्ग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै गएको बताउँदै   सप्तरीमा ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु उल्लेख गरे ।

शनिवार नेपाली काँग्रेस सप्तरीद्वारा आयोजित ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।

उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले यसको पुष्टि गरेको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर ठुलो सफलता मिल्ने सङ्केतहरू पनि देखिन थालेको बताए ।

अभियानको उद्‌घाटन गर्दै ढुङ्गानाले भन्नुभयो संघीयताको विरोधमा माओवादीले हतियार उठाएर आन्दोलनमा गएको बताउनुभयो भएको छ ।

‘देशमा विकासका गतिविधि कांग्रेसको नेतृत्वमा सरकार हुँदा मात्रै भएको छ,’ उनले भने, ‘त्यसैले कांग्रेसले जित्नु भनेको जनताको जित हो ।’ अबको चुनावमा मत मात्रै नभएर मन जित्ने गरी काँग्रेस अगाडि बढ्ने उनले जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि संविधान सभा सदस्य तेजुलाल चौधरी, पार्टी केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव लगायतका पार्टी नेता तथा कार्यक्रर्ताहरुको उपस्थिती रहेको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?