Logo

कांग्रेसका महामन्त्री गगन थापा सप्तरी नम्बर १ बाट उम्मेदवार सिफारिस

                     
Logo २१ भाद्र २०७९, मंगलवार ०७:५५    

कञ्चनरूप ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा सप्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

क्षेत्रीय समिति बैठकले थापा सहित  जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ललन प्रसाद गुप्ताले जानकारी दिए ।

महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् भने उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट पनि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

महामन्त्री थापाले भने २०७४ मा निर्वाचित भएको क्षेत्र काठमाडौं ४ बाटै आफ्नो उम्मेदवारी रहने प्रस्ट पारेका छन् ।

यस अधि थापा २०७४ सालको निर्वाचनमा काठमाडौं ४ बाट एमालेका उम्मेदवार  डा. राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?