Logo

कञ्चनरूप स्थित भजनेश्वरनाथ महादेव मन्दिरमा तीर्थालुहरूको भिडभाड

                     
Logo २४ भाद्र २०७९, शुक्रबार १९:१८    

कञ्चन२४ रिपोर्टर

कञ्चनरूप ।

सप्तरीको कञ्चनरूपको भजनेश्वरनाथ महादेव मन्दिरमा बोलबम यात्री र दर्शनार्थीहरूको भिडभाड लागेको छ । कञ्चनरूप नगरपालिकाको वडा नं.बलुवामा सप्तकोसी नदीको जल भरेर कञ्चनरूपको भजनेश्वरनाथ महादेव मन्दिरमा जल अर्पण गर्नेहरूको भिडभाड हुने मेला हो ।

अनन्त चतुर्थीको दिन लाग्ने सो मेलामा यस वर्ष उल्लेख्य सहभागिता देखिएको छ । कञ्चनरूप , सप्तकोसी , अग्निसाइर कृष्णासवरन, हनुमाननगर कंकालिनी, लगायत जिल्लाका  विभिन्न स्थान र भारतको बिहारबाट समेत प्रत्येक वर्ष हजारौं हजारको सङ्ख्यामा काँवरियाहरू भजनेश्वरनाथ महादेव मन्दिरमा जल चढाउने गर्दछ । सप्तरीको पूर्वी क्षेत्रमा पर्ने यो एक प्रसिद्ध मन्दिर हो ।

जल चढाउन आउने बोलबमका यात्री श्रद्धालुहरू एक दिन अगावै कोसीब्यारेज पुगेर विश्राम गर्दै बिहानै जल भरी भजनेश्वरनाथ महादेव मन्दिरमा चढाउने गर्दै आएका छन । करिव २० किलोमिटरको पैदल र सवारी साधन प्रयोग गरेर तीर्थालुहरू भजनेश्वरनाथ महादेव मन्दिरमा जल अर्पण गर्ने गर्दछन् ।

भजनेश्वरनाथ महादेव मन्दिरमा लाग्ने मेलामा श्रद्धालु भक्तजनहरूका स्वास्थ्यको ख्याल गरी कञ्चनरूप नगरपालिकाको तर्फबाट बलुवा चौकमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो । मेलामा रक्तदानको कार्यक्रम समेत गरिएको थियो । स्थानीय बासिन्दा ,व्यापारी , कर्मचारी  र जनप्रतिनिधिहरूले रक्तदान गरेका थिए ।

अनन्त चतुर्दशीको अवसरमा कञ्चनरूप नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा सकेत दिएको थियो ।  

 

 


लोकप्रिय छुटाउनुभयो कि ?