राजविराज ।


नेकपा एकीकृत समाजवादीका सप्तरी जिल्ला कमिटी सचिवालय सदस्य तथा राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टीमा प्रवेश गराएको बताएका छन् ।
पुराना साथीले बोलाएपछि आफू एमाले जिल्ला कमिटीको कार्यालय गएको र त्यहाँबाट फर्कने क्रममा एमालेका पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले जबर्जस्ती टीका लगाई पार्टी प्रवेश गराएको भनेर सामाजिक सञ्जालमा भ्रम छरेको देवले शुक्रबार विज्ञप्ति निकालेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन , ‘पुराना साथीसँग भेटघाट गरी फर्किने बेलामा प्याकुरेलले आफूलाई भ्रमजालमा पारी जबर्जस्ती टीका लगाई पार्टी प्रवेश गरेको भनेर सोसल मिडियामा भ्रम छरेको उल्लेख गरेका छन ।’
आफू एमालेमा प्रवेश नगरेको र अहिले पनि एकीकृत समाजवादी पार्टीमै रहेको उनले जनाएका छन् ।













