Logo

जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान

                     
Logo २४ भाद्र २०७९, शुक्रबार २१:२९    

अम्बिका दहाल

राजविराज ।

जितिया पर्वको अवसरमा सप्तरीमा महिला समूहले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन्।

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको सभाहलमा अधिकारकर्मी, शिक्षिका, अधिवक्ता, राजनीतिकर्मी, पत्रकार आदिवासी लगायका महिला समूहले जितिया पर्वको शुभकामना आदानप्रदान गरको हुन ।

सप्तरी महिला समूहकी संयोजक तथा नेपाल पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष अम्बिका दाहालको अध्यक्षता तथा अवकाश प्राप्त शिक्षक मिना ठाकुरको प्रमुख आतिथ्यमा आयोजना कार्यक्रममा प्रमुख आतिथ्यको आसबाट बोल्दै ठाकुरले जितिया पर्व आफ्ना बालबालिकाहरूको स्वास्थ्य र दीर्घायुका कामनाका लागि गरिने पर्व भएको बताउँदै यस पर्व धेरै कठिन भएको कारण छोराछोरी बराबरी भएको सन्देश दिन सक्नु पर्ने बताइन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, अधिवक्ता पार्वती राउत, अखिल नेपाल महिला संघको अध्यक्ष ममता चौधरी, राष्ट्रिय एकता अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साह, तराई आदिवासी तथा सीमान्तकृत सामुदायिक विकास तथा अनुसन्धान परिषद् अध्यक्ष रञ्जना चौधरी, निवर्तमान उपप्रमुख साधना झा, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य ललिता साह लगायतकाले थारू तथा मधेसी समुदायका महिलाले मनाइने जितिया पर्वको अवसरमा सांस्कृतिक पहिचानको मात्रै सम्मान नगरी  बहुसांस्कृतिक र बहुजातीय नेपाली जनताको मनोभावनाको सम्मान गर्दै महिलाको आस्थाको पर्व जितियामा सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताएका छन ।  जितिया पर्ब असोज १ गते शनिबार देखि ३ गते सोमबार सम्म मनाइने छ । 

यस्तो छ जितिया पर्ब पौराणिक प्रसङ्ग

जितिया पर्वमा आउँदो आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु हुन्छ । नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ ।

सप्तमी तिथिको उत्तरार्धमा बर्तालु महिला ओङ्गठन गर्ने गरिन्छ । वर्त बस्नुअघि रात्रिको समयमा दही, च्यूरा, मिठाईलगायतका सामग्री भोजनको रुपमा ग्रहण गरिन्छ । त्यसलाई ‘ओङ्गठन’ भनिएको हो । ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन पनि रहेको छ ।

तिथिको समयमा हेरफेर भएको अवस्थामा बर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करिब २९ घण्टा रहेको छ ।

सप्तमी तिथिमा जलाशयमा स्नान गरी सूर्य देवलाई जल अर्पन गरेर पर्वको सङ्कल्प लिने गरिन्छ र सोही दिन बर्तालु महिलाले कोदोको रोटी र माछा खाने गरिन्छ, भने विधवाले अरुवा–अरुवाइन खाने गर्छन् । यसअघि, वर्तालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पीना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पन गर्छन् । यसका साथै पर्वको सङ्कल्प पनि गर्छन् ।

पितृ पक्षमा यो पर्व मनाइने गरिएकाले मैथिल ब्राह्मणी वर्तालुले आ–आफ्ना दिवङ्गत सासू र आमाको मोक्षका लागि सप्तमी तिथिमै अन्य गोत्रकी ब्राह्मणीलाई निम्तो दिएर अनिवार्य रुपमा भोजन गराउने नियम छ । भोजन गर्ने महिलालाई ‘पितराइन’ भन्ने गरिन्छ । 


लोकप्रिय छुटाउनुभयो कि ?