Logo

सप्तरी उद्योग वाणिज्य संघमा मनोनीत सदस्यहरूको शपथ ग्रहण तथा पदस्थापन

                     
Logo २५ भाद्र २०७९, शनिबार १३:५७    

राजविराज ।

सप्तरी उद्योग वाणिज्य संघ सप्तरीमा मनोनीत सदस्यहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराइएको छ ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन १४  जना निर्वाचित भए पछि रिक्‍त ४ जना मनोनित गर्ने प्रक्रिया अनुसार मनोनित गरी १९ जनाको  पूर्ण कार्यसमिति

तयार भए पश्चात  मनोनीत सदस्यहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराइएको हो ।

मनोनीत  सदस्यहरूमा  गीता कोइराला ,चन्द्रशेखर साह , अनिल सिंह  र  नारायण रञ्जन रहेका छन् । नयाँ मनोनीत सदस्यहरूलाई अध्यक्ष लालु  प्रसाद  अग्रवालले सपथ  गराएका थिए । अध्यक्ष अग्रवालले ब्यापारीहरूले आफू सही र कानुन बमोजिम आफ्नो ब्यापार व्यवसाय गर्नुपर्ने र यति गर्दागर्दै कसैबाट व्यापारीहरूलाई दुःख दिने काम  भएमा सहयोग गर्न सधैँ तयार रहेको बताए । 


लोकप्रिय छुटाउनुभयो कि ?