Logo

कञ्चनरूप नेपाल तामाङ घेदुङको सातौँ नगर अधिवेशनबाट अध्यक्षमा पुन :चतुरमान 

                     
Logo २५ भाद्र २०७९, शनिबार १८:४२    

राजविराज  ।

नेपाल तामाङ घेदुङ  कञ्चनरूप नगरपालिकाको सातौँ नगर अधिवेशनबाट अध्यक्षमा पुनः चतुरमान स्याङ्दन चयन भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ७ स्थित बालुवामा शनिबार सम्पन्न सातौँ नगर अधिवेशनले स्याङदनको अध्यक्षतामा १३ सदस्य नगर समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा लाक्पा घिसिङ, मन्जु ग्यावा तामाङ, सचिव मा रास बहादुर घिसिङ, सह सचिवमा डिक बहादुर बम्जन, कोषाध्यक्षमा तीर्थ बहादुर  मोक्तान चयन भएका छन् । गठित समितिको सदस्यहरूमा दान बहादुर घिसिङ, हिरा लामा, प्रेम तामाङ, एकराज घिसिङ, भोजराज योञ्जन   , गङ्गामाया  तामाङ, भिमला तामाङ रहेका छन् । सल्लाहकारहरूमा गोपाल घिसिङ, शमशेर पाख्रिन, दिल बहादुर मोक्तान, दिलमाया घिसिङ, धनमाया बललाई चयन गरेको अध्यक्ष स्याङदनले जानकारी दिए । नगर घेदुङका अध्यक्षका चतुरमान स्याङ्दनको अध्यक्षता तथा संघीय सदस्य भीम घिसिङको अध्यक्षतामा आयोजित कार्यक्रम नेपाल तामाङ घेदुङको पूर्व केन्द्रिय सदस्य मेख बहादुर बम्जन, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष बृजमान तामाङ, जिल्ला अध्यक्ष सन्तमान तामाङ, जिल्ला उपाध्यक्ष शमशेर पाख्रिन, सप्तकोसी घेदुङका अध्यक्ष विश्वराज घिसिङ, साङ  छोइलिङ गुम्बा फत्तेपुरका अध्यक्ष जनक बम्जन तामाङ, सुरेश घिसिङ, भोजराज तामाङ, पदम घिसिङ, सुरेश घिसिङ, पदम घिसिङ रोशन मोक्तान लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सूर्यमान तामाङद्वारा सञ्चालित कार्यक्रममा स्वागत दान बहादुर तामाङले गरे । 


लोकप्रिय छुटाउनुभयो कि ?