Logo

म्यादी प्रहरीका लागि एक लाख १५ हजार जनाको दर्खास्त आह्वान

                     
Logo २६ भाद्र २०७९, आईतवार ११:०३    

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको लागि आइतबार एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना विज्ञापन खुलाएको छ ।

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले आइतबार एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना विज्ञापन खुलाएको हो । आवेदक दरखास्त फारम १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले मात्र भर्न पाउनेछन् ।

म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ । सार्वजनिक बिदाको दिनसमेत आवेदन दिन सकिने सूचनामा उल्लेख छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?