विरेन्द् साह


राजविराज ।
सप्तरीको खडक नगरपालिका वडा न ८ ढोलवजामा केही दिन अघि देखिएको डेङ्गु बस्तीमा आइतबार वृहत रुपमा सरसफाइ गरिएको छ ।

बस्तीमा लामखुट्टेको टोकाइले लाग्ने डेङ्गु रोगको संक्रमण देखिएपछि बस्तीमा सरसफाइ गरिनुको साथै शौचालयको प्रयोग ,खानेपानी तथा फोहरमैलाको व्यवस्थापन सम्बन्धी जानकारी दिएको हो । एसएनभी नेपालको सहयोगमा सबल नेपालद्वारा सञ्चालित वास एसडिजी कार्यक्रम अन्तर्गत खडक नपा ८ को ढोलवजा वस्तीमा आइतबार नगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा अनुगमन गरियो ।
सरसफाइको अनुगमन पछि खडक नगरपालिका नगर प्रमुख जयप्रकाश चौधरीले घर परिवार सरसफाइ गरिए त्यसको सिको समाजले पनि अनुसरण गरिने विश्वास व्यक्त्त गरे । यदि सय पुरुष सक्षम भए समाज रूपान्तरण हनन सकिने तर एक जना महिला समाज रूपान्तरणको सङ्कल्प लिए समाज परिवर्तन हुने छ । त्यसैगरी अनुगमन गर्दै नगर उपप्रमुख रिता कुमारी चौधरीले सरसफाइमा ध्यान दिए वातावरण स्वच्छ तथा विभिन्न सरुवा रोगबाट वचन सकिने जानकारी दिए । सफा तथा स्वच्छ नमुना बस्तीका लागी गरिएको उक्त अनुगमन कार्यक्रम मा नगर प्रमुख नगर उपप्रमुख वडा अध्यक्ष नगरपालिका का सरसफाइ फ़ोकल व्यक्ति प्रशासन प्रमुख कार्य पालिका सदस्य तथा पत्रकार लगायत को सहभागिता रहेको थियो ।अनुगमनकर्ताद्वारा सो अवसरमा पूर्ण सरसफाइ का सूचकहरू स्वच्छकर चर्पीको प्रयोग, सुरक्षित खानेपानी व्यवस्थापन, महिनावारी व्यवस्थापन, साबुनपानीले हात धुने, ठोस फोहर व्यवस्थापन, व्यक्तिगत र वातावरणीय सरसफाइ, दिसाजञ्य लेदो व्यवस्थापन सम्बन्धी को सूचकहरू को अनुगमन गरिएको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकार दिए । कुल १३३ घर रहेको उक्त बस्तीको सम्पूर्ण घरहरूले सूचक पुरा गरिसकेको ले आउने बुधवार नमुना बस्ती घोषणा गरिनेछ












