जनकपुरधाम ।


धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहामा एक महिला मृत अवस्थामा फेला परेको छ ।
यदुकोहा स्थित बाँसको झाडीमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको हो । मृतक महिला स्थानीय अरुण दासकी श्रीमती बबित्या देवी रहेको प्रहरीले जनाएको छ ।

उनी सोमवार राति गाउँमै सांस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् । आज बिहान उनको शव फेला परेपछि घटना शंकास्पद देखिएको छ ।
यता धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीप बहादुर क्षेत्री घटना विषयमा अनुसन्धान भइरहेको बताए । उनका अनुसार पोस्टमार्टम रिपोर्ट नआएसम्म उनको मृत्युबारे केही भन्न सकिदैन ।












