Logo

सप्तरीको तिलाठी कोइलाडी स्थित दशगजा क्षेत्रमा पुरुषको शव भेटियो

                     
Logo २९ भाद्र २०७९, बुधबार १०:४१    

राजविराज २९ भाद्र ।

सप्तरीको तिलाठी कोइलाडी स्थित दशगजा क्षेत्रमा बुधवार बिहान एक जना पुरुषको वेवारिसे शव फेला परेको छ ।

तिलाठी कोइलाडी –१ स्थित राजविराज भन्सार कार्यालयदेखि करिब १ सय ५० मिटर पूर्वतर्फ रामपुर मल्हनिया जाने बाटोको दाहिने  कुनौली जाने दशगजामा तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४५ को पहाडी मूलको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो मृतक अवस्थामा शव फेला परेको सप्तरीका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाएका छन ।

मृतक लास हाल सम्म सनाखत हुन नसकेको र मृतक लास पोस्टमार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षित रहेको, फोटामा उल्लेखित हुलिया भएको मृतक लासको आफन्तहरू फेला परेमा  जिल्ला प्रहरी कार्यालय सप्तरीमा सम्पर्क राख्न प्रहरीले भनेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?