राजविराज। सप्तरीमा ६६ औं प्रमुख जिल्ला अधिकारी भएर आएका नुरहरी खतिवडा दुई साता पनि नपुग्दै बुधबार सरुवा भएका छन ।


भदौ २७ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा ६६ औं प्रजिअको रुपमा आएका खतिवडा मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरमा सरुवा भएको हुन ।
खतिवडा मन्त्रीपरिषद्को कार्यालय जनकपुर सरुवा भएपछि सप्तरीमा गृह मन्त्रालयबाट भुपेन्द्र थापा आएका छन् ।सप्तरीका ६५औं प्रजिअ जनार्दन गौतमको उदयपुर सरुवा भएपछि खतिवडा प्रजिअको रुपमा आएका थिए ।













