राजविराज । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनद्वारा सप्तरी सदरमुकाम राजविराजमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन ।


राजविराज स्थित शिव मन्दिरको प्रङ्गणबाट निकालिएको विरोध जुलुसले राजविराजको विभिन्न भाग परिक्रमा गरी
राष्ट्रपति भण्डारी विरुद्ध चर्को नारा लगाउदै जनआन्दोलन चौक पुगेर राष्ट्रपति भण्डारीको पुतला दहन गरेका हुन ।

पुत्ला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी समेत भएको थियो भने दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा शिवम यादव र महिला नेत्री उषा देवी यादव घाईते भएका छ्न । उनिहरूको हात र पाखुरा जलेको समाजवादी युवा संघका केन्द्रिय सचिब विशाल यादवले जानकारी दिनुए ।












