अम्बिका दहाल


राजबिराज । सप्तरीमा २०७८ आर्थिक वर्षमा जम्मा २८२ महिला मुद्दा २०७९ साउन देखि अहिलेसम्म १४११ निवेदन परेको र त्यसमध्ये ५९ महिला मुद्दा रहेको आज राजबिराजमा आयोजित लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रियात्मक कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले बताए ।
राजबिराज नगरपालिका र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा हिंसा विरुद्ध हुने मुद्दामा सप्तरी जबर्जस्ती करणी मुद्दामा १५ औं , बालविवाहमा पाचौँ ,बोक्सीको आरोपमा १ नम्बर ,छुवाछूत ३५ औं र घरेलु हिंसामा ४० औं स्थानमा परेको शर्माले बताए ।

बरिष्ठ उपरीक्षक शर्माले भने सामाजिक रीतिरिवाजले बाँधिएकाले महिला र बालबालिकालाई अलिकति सहुलियत दिएको छ र दिनुपर्छ । हिंसा भएको महिला वा बालबालिकालाई न्याय दिलाउन महिला हिंसा समन्धी काम गर्ने संस्था , स्थानीय सरकार , प्रहरी सबै मिली काम गरे हिंसा भएकालाई न्याय दिलाउन र हिंसा हुन न्यूनीकरण गर्न सकिने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा
महिला हिंसाको घटना लाई कानुनी उपचार दिनुपर्छ । जब सम्म आर्थिक ,शैक्षिक रुपमा सक्षम हुँदैन तबसम्म हामी हिंसामा पर्छौ । यस्ता मुद्दामा हामी गम्भीर छौ । स्थानीय सरकारमा महिला नै प्रमुख हुनुहुन्छ त्यसैले ।
स्थानीय सरकार ,न्यायिक निकाय सबैले एक भएर काम गर्नु पर्यो । हामीले आफ्नो क्षमात अनुसार कानुन अनुसार अगाडि बढे हामी हिंसा कम गर्नसक्छौ । म कहाँ आएका सबै लैंगिक हिंसाका घटनामा आफू गम्भीर रहेको प्रतिबद्धता जनाए ।
राजबिराज नगरपालिकाकी उप मेयर इसरत प्रबिनले महिला घर भित्र बाटै हिंसा पीडित रहे र चेतनाका कारण , शिक्षाका कारण ,आर्थिक कम्जोरका कारण महिला हिंसामा परेको बताइन । कार्यक्रम प्रवीणको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सप्तरी जिल्ला भरीका ९ वटै नगरपालिका उपप्रमुख, ९ वटै गाँउपालिकाहरुको उपाध्यक्षहरु, १८ वटै पालिकाहरुको महिला वडा प्रतिनिधिहरु तथा वडा सदस्यहरु, जिल्लाका प्रहरी कार्यालय तथा मातहत समेतका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।












