Logo

सप्तरी १ मा प्रतिनिधिसभाका लागी १० राजनैतिक दल र १० स्वतन्त्र उमेदवारको उम्मेदवारी

                     
Logo २४ आश्विन २०७९, सोमबार १०:०२    

कञ्चनरूप । सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा १० राजनैतिक दल र  १० स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गराएका छन ।

वर्तमान मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (राम बाबू) ले जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सप्तरी निर्वाचन क्षेत्र नं।१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन । उनी एमाले र जसपाका संयुक्त गठबन्धनका साझा उममेदवार हुन ।

यसै गरि पाँच दलीय सत्ता गठबन्धनबाट नेपाली कंग्रेसका जिल्ला सभापति समेत रहेका राम देव साहले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन भने  प्रतिनिधि सभा सदस्यका लागी अन्य विभिन्न ८ दले उम्मेदवारी दर्ता गराएका छन ।

त्यसै गरी स्वतन्त्र रुपमा पनि १० जना व्यक्तिहरूले प्रतिनिधि सभा सदस्यका लागी उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेशसभा १ ९क० मा ३० हजार दुई सय ८४ पुरुष, ३० हजार चार सय ८५ महिला र आठ अन्य गरी ६० हजार सात सय ७७ मतादाता छन्। प्रदेश १ ९ख० मा २७ हजार नौ सय ४५ पुरुष र २४ हजार चार सय ७३ महिला गरी ५२ हजार चार सय १८ मतदाता छन्। प्रतिनिधिसभा क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला र दुई अन्य गरी ९५ हजार तीन सय ९४ मतदाता रहेका छन् ।

सप्तरीको क्षेत्र नं. १को १० राजनैतिक दल र १० स्वतन्त्र उमेदवारहरुको नामवली

 

 


लोकप्रिय छुटाउनुभयो कि ?