कञ्चनरूप ।


सप्तरी क्षेत्र नं. २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एकै क्षेत्रबाट उम्मेदवार बन्ने पछि आगामी मंसिर ४ गते हुने निर्वाचनमा दुई अध्यक्ष बिच महा भिडन्त हुने भएको छ ।
दुवै अध्यक्षले जितनै पर्ने हुन्छ तर एकको मात्र जित हुन भएकोले दुई अध्यक्षको लागी यो अग्नि परीक्षा सावित भएको छ । दुई अध्यक्ष मध्ये एक धरापमा छन । कसले बाजी मार्ने हो त्यो जनतामा निहित रहेको विष्लेशकहरु बताउछन ।

प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी क्षेत्र नं. २ बाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत तथा लोसपाका नेता जयप्रकाश ठाकुरसहित १६ जनाले उम्मेदवारले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।
उपेन्द्र यादवले उम्मेदवारी दिएको क्षेत्रबाट सत्ता गठबन्धनको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् ।
यही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले पनि उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्तापछि राउत , ‘जनताले मलाई जिताउनेमा विश्वस्त रहेका छन । ।’
जसपा अध्यक्ष यादवका अनुसार ‘राजनीतिकरूपले आफ्ना विचारधाराहरू सहमत, असहमत छँदैछ, यो सिटको तालमेल हो । सिट तालमेलले विचारलाई नछेक्ने बताए । क्षेत्र नं. २ माा प्रतिनिधिसभा सदस्यमा १२ राजनैतिक दल र ४ जनाले स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गराएका छन ।
सप्तरीको क्षेत्र नं २ का उमेदवारहरुको नामवली












