Logo

सप्तरीमा ५ जनाले लिए उम्मेदवारी फिर्ता

                     
Logo २६ आश्विन २०७९, बुधबार १५:३३    

कञ्चनरूप । सप्तरीमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार गरि १ सय ८१ जना उम्मेदवारी दर्ता गराएका मध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।

आगामी  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन उम्मेदवारी दर्ता गराएका मध्ये सप्तरी क्षेत्र नं. १ ख बाट  लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार कुमारनाथ मिश्राले उम्मेदवारी फिर्ता लिए छन ।

त्यस्तै सप्तरी प्रतिनिधि सभा क्षेत्र नंं ३ बाट स्वतन्त्रमा उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद शर्मा , प्रदेश सभा ३ क बाट स्वतन्त्रमा उम्मेदवारी दिएका अनिल कुमार गुप्ता , प्रदेश सभा ३ ख बाट स्वतन्त्रमा उम्मेदवारी दिएका अमरेन्द्र यादव , र प्रदेश सभा ४ क काट स्वतन्त्रमा मोहम्मद गफुरले फिर्ता लिएको निर्वाचन कार्यलयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?