Logo

अमात समाजद्वारा शुभकामना आदानप्रदान

                     
Logo ३० आश्विन २०७९, आईतवार १४:५६    

रबी राय राजविराज । नेपाल अमात समाज कल्याण युवा समिति सप्तरीले शुभकामना आदानप्रदान गरेको छ ।

शनिबार सप्तरीको गोरगमा  नेपाल अमात समाज कल्याण युवा समिति सप्तरीले बडादशैँ, तिहार, छठ २०७९  को उपलक्ष्यमा कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेअसक समितिका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले अमात जाति राम्रा कामको भन्दा नराम्रा र अपुष्ट हल्लाहरूले जातिको विकास र विस्तारमा बाधा उत्पन्न गरेको बताए। उनले सत्य र तथ्यको मात्र विश्वास गरी मनभित्रका विकार निकालेर सकारात्मक सोचले अगाडि बढ्न सबैलाई आग्रह समेत गरे।

समितिका संस्थापक सदस्य सचिव लक्ष्मी राय, संस्थापक सदस्य धर्म नारायण राय, नेअसक केन्द्रिय समिति सदस्य जागेश्वर राय, छिन्नमस्ता कार्यपालिका सदस्य तिर्थ नारायण राय र नेअसकका सल्लाहकार डा. जय नारायण मण्डल लगायतले अमात जातिबन्धुहरू एकजुट हुनुपर्ने र जातिको समग्र उत्थानका लागि शिक्षामा जोड दिनुपर्ने कुरा बताउदैन दशै ,तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जित र कुमार्गबाट सत्मार्ग तर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता युवा समिति सप्तरीका अध्यक्ष राम कुमार रायले गरेका थिए भने सञ्चालन युवा समिति सप्तरीका सचिव रबी रायले गरेका थिए।


लोकप्रिय छुटाउनुभयो कि ?