कञ्चनरूप । सप्तरीको क्षेत्र नं। १ निर्वाचन अधिकृत कार्यालय कञ्चनपुरले राजनीतिक दलका प्रतिनिधि एवं उम्मेदवार सँग निर्वाचन आचारसंहिता सम्बन्धी छलफलमा प्रतिनिधिसभाका उम्मेदवारले बढीमा २९ लाख र प्रदेशसभाका उम्मेदवारले १७ लाख रुपैयाँ खर्च गर्न पाइनेछ बताइएको छ ।


आगामी मंसिर ४ गते हुन गई रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन खर्च तथा आचारसंहिता पालन सम्बन्धी जानकारी गराउँदै मतदान सम्पन्न भएको १५ दिन भित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने जनाएको छ ।
कञ्चनरूप नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सवारी साधनमा प्रयोग गर्नुपर्ने आचारसंहिताको पालना राजनीतिक दल उम्मेदवार र दलको भातृ संगठन तथा सम्बन्धित व्यक्ति आचरण पालना गर्नुपर्ने विदेशी नम्बर प्लेटको गाडीलाई अनुमति प्रधान नगरेको र निर्वाचनमा २ वटा गाडी बाहेक चलाउन अनुमति रहेको निर्वाचन क्षेत्र नं. १ निर्वाचन अधिकृत कार्यालय कञ्चनपुरले उल्लेख गरेको छ ।

प्रतिनिधिसभाका उम्मेदवारले बढीमा २९ लाख र प्रदेशसभाका उम्मेदवारले १७ लाख रुपैया खर्च गर्न पाइनेछ । अचार संहितामा २५ हजारभन्दा बढीको आर्थिक सहयोग बैंक तथा वित्तिय संस्था मार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसै गरि राजनैतिक दल वा उम्मेदवारहरूले कसैलाई धम्की दिन नहुने, कुनै साम्प्रदायिक द्वन्द्व फैलाउने गरी प्रचार प्रसार गर्न वा मत माग्न नहुने, निर्वाचन प्रचार प्रसार गर्नका लागि कोणसभा वा आम सभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण आफै वा आफ्नो प्रतिनिधि मार्फत गर्नुपर्ने उम्मेदवारले निर्वाचन सम्बन्धित खर्च गर्दा बैंक वा वित्तिय संस्थामा छुटै खाता खोली सोही खाताबाट गर्नु पर्ने र सोको जानकारी निर्वाचन कार्यालयमा गराउनु पर्ने उल्लेख रहेको बताइएको छ ।
उम्मेदवारको अन्तीम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अगि देखि मात्र निर्वाचन प्रसार प्रचार सम्बन्धी देहायको काम गर्न सकिने, जुलुस आमसभा कोणसभा गर्न, संचार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सम्बन्धित प्रकाशन वा प्रसारण गर्न निर्वाचनमा विजय भएको उम्मेदवारले कुनै प्रकारको भोज भतेर गर्न वा नगद वितरण गर्न नहुने आचारसंहितामा उल्लेख गरेको छ ।
निर्वाचन क्षेत्र नं. १ निर्वाचन अधिकृत कार्यालयको कञ्चनपुरका निर्वाचन अधिकृत धनेन्द्र अधिकारी अध्यक्षतामा बसेको बैठकमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी रामकुमार यादव, कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता, नगरपालिकाकी प्रशासकीय अधिकृत रेणुका साह, सशस्त्र प्रहरी,नेपाल प्रहरी र पत्रकारहरूको उपस्थिति रहेको थियो । कञ्चनरूप












