राजविराज । सप्तरीमा बेलुका ७ बजेसम्म मात्र देउसीभैलो जस्ता सांस्कृतिक कार्यक्रमहरू गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले नजाएको छ ।


प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी सूचनामा उल्लेखित सूचना विपरीत कार्यहरू गरेको पाइएमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
चाडवाडको समयमा व्यापारी, व्यवसायीहरूले अखाद्य बस्तुको उत्पादन, बिक्री वितरण, अस्वाभाविक मुल्य बृद्धि, कालो बजारी लगायतका गैर कानुनी क्रियाकलापहरू नगर्न नगराउन हुन सूचित गरिन्छ, सूचनामा भनिएको छ, साथै चाडवाड मनाउने सिलसिलामा देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरू बेलुकी ७ बजे भित्र व्यवस्थित रुपमा सम्पन्न गर्न र अनावश्यक पटका, आतिसबाजी, ध्वनी प्रदुषण, (डिजे प्रयोग) होहल्ला जस्ता अवाञ्छित एवम् शान्ति सुव्यवस्थामा खलल पुर्याउने गतिविधिहरू नगर्न नगाउन अनुरोध छ ।

सूचनामा उक्त कार्यहरू गरेको पाइएमा संलग्न जोजोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।












