कञ्चनरूप । संविधान सभा सदस्य मानपुर चौधरीको दोश्रो वार्षिक पुण्य तिथिमा स्मृति सभा गरिएको छ ।


२०७७ कात्तिक ११ मंगलबार, कोरोना भाइरसको सङ्क्रमणबाट ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा निधनभएको थियो ।
नेकपा माओवादी केन्द्र कञ्चनरूप नगर कमिटीले आयोजना गरेको स्मृति सभा सप्तरी क्षेत्र नं। १ का सांसद हिरालाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कञ्चनपुर नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता, उपप्रमुख मुना पोखरेल, कञ्चनरूप पूर्व नगर प्रमुख बसन्त मिश्र, नेकपा एकीकृत समाजवादीका केन्द्रीय प्रचार प्रसार समितिका सचिव प्रकाश खतिवडा , सप्तरी क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्य उममेदवार रामदेव साह, सप्तरी क्षेत्र नं। १ क का प्रदेश सभा सदस्य सदस्य उममेदवार वेचन प्रसाद चौधरी, सप्तरी क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका अशोक मण्डल ९ अमर० नेपाल लोकतान्त्रिक पार्टीबाट सप्तरी क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्यका उममेदवार श्रवन कुमार चौधरी, नेकपा एसका विष्णु देव चौधरी , नेपाली काँग्रसका हेमनारायण चौधरी , लगायतका मानपुर चौधरीको योगदानको र उनको निष्ठाको चर्चा गरेका थिए ।

बिहारी चौधरी र माहिल्यवती चौधरीको छोराका रुपमा २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका चौधरीका ५ छोरा र १ छोरी छन् । चौधरीले नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गरेका थिए । एसएलसीसम्म अध्ययन गरेका चौधरी प्रजातन्त्र स्थापनापछि एमालेको सप्तरीका नेता बनेका थिए ।
२०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य समेत भएका चौधरी एमालेको नेतृत्वदायी भूमिका रहेका थिए । २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरे । माओवादीमा उनी मिथिला राज्य समितिको सचिवालय सदस्य थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा एमालेको विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो भएका थिए । त्यसपछि माओवादी प्रवेश गरेका चौधरीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।












